‘सिरियल किलर’ प्रकाश जसले जेलबाट छुटेपछि गरे लक्ष्मीको हत्या

पाेखरा | चैत १९, २०७९

‘सिरियल किलर’ प्रकाश जसले जेलबाट छुटेपछि गरे लक्ष्मीको हत्या

एक साताअघि तनहुँको म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो । 

 

धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् । श्रेष्ठको हत्या आरोपमा प्रहरीले  काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

 

तनहुँ प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानकैक्रममा सुनारले हत्या गरेको स्वीकारेको बताएको छ । 

 

श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका सुनारले यसअपघि पनि एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका निरीक्षक भानु शर्माले दिएको जानकारी अनुसार सुनारले यसअघि एक महिलाको हत्या गरेको र सजाय भुक्तान गरी निस्केका हुन् । 

 

सुनारको विषयमा अहिले नै पूर्ण जानकारी दिन नमिल्ने प्रहरी निरीक्षक शर्माले बताए । यद्यपि, सुनारको थप जानकारी लिने क्रममा उनले १२ वर्ष अघि (०६७ सालमा) एक महिलाको हत्या गरेकाे पाइएकाे छ। 

 

हत्या प्रमाणित भएपछि २० वर्ष सजाय सुनाइएपनि असल आचरणकाकारण १० वर्ष सजाय छूट पाएका थिए । प्राप्त सूचना अनुसार कत्र्तव्य ज्यान मुद्दामा मकवानपुर जिल्ला अदालतले उनलाई २० वर्षको जेल सजाय सुनाएको थियो ।

 

सुनार ०७८ फागुन ७ गते गणतन्त्र दिवसका दिन भिमफेदी कारागारबाट छुटेका  थिए ।
 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्